सप्तकोशीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

सप्तकोशीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

[ad_1]

सप्तकोशीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा

फाइल तस्वीर

१६ भदौ, काठमाडौं । सरकारले सप्तकोशीमा आएको बाढीले कटान गरेको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्