अब इन्जिनियर बन्‍न लाइसेन्स लिनुपर्ने – Online Khabar

अब इन्जिनियर बन्‍न लाइसेन्स लिनुपर्ने – Online Khabar

[ad_1]

अब इन्जिनियर बन्‍न लाइसेन्स लिनुपर्ने – Online Khabar

फाइल तस्वीर

१६ भदौ, काठमाडौं । अब इन्जिनियर बन्नको लागि लाइसेन्स लिनुपर्ने भएको छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) ऐन, २०७९ले यस्तो व्यवस्था गरेको हो ।

इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।

ऐन अनुसार चिकित्सक, नर्स, वकिल, शिक्षकजस्तै अब इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउनेछन् । लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउनेछन् ।

इन्जिनियरिङ व्यवसाय गर्नको लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनको लागि लिइने परीक्षाको पाठ्यक्रम तयार गर्ने, परीक्षा लिने र उत्तीर्ण भएका व्यक्तिलाई नाम दर्ता प्रमाणपत्र प्रदान गरिनेछ ।

संशोधित ऐन आजको राजपत्रमा प्रकाशित भएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्