रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित) – Online Khabar

रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित) – Online Khabar

[ad_1]

काठमाडौं । विश्वको सबैभन्दा जेठो मानिने भेनिस फिल्म फेस्टिभल बिहीबारदेखि इटालीमा सुरु भएको छ । स्टाइल, रेडकार्पेट र चर्चित फिल्मको जमघट मानिने फेस्टिभलमा भाग लिन स्टारहरु भेनिस पुगिरहेका छन् ।

हलिउड स्टार एडम ड्राइभरको फिल्म ‘ह्वाइट नोइज’सँगै सुरु भएको फेस्टिभलको रेडकार्पेटमा अमेरिकी राजनीतिज्ञ हिलारी क्लिन्टन पनि पुगेकी छन् । भेनिसको यो ७९ औं फेस्टिभलको निर्णायकको नेतृत्व हलिउड अभिनेत्री जुलियाना मुर्रे गरिरहेकी छन् ।

यसपटक हेर्नलायक टन्नै फिल्म छन् भेनिसमा । बर्डम्यान र द रेभिनेन्टबाट लगातार दुईपटक ओस्कार जितेका अलेजान्द्रो गोन्जालेज इनारितुको मिस्टिकल ड्रामा फिल्म ‘बार्डो’ पनि भेनिसमा प्रदर्शन हुँदैछ ।

नेटफ्लिक्स फिल्म ‘ब्लन्डे’, ह्यारी स्टाइलको फिल्म ‘डन्ट वरी डार्लिङ्स’, ह्युग ज्याकम्यानको ‘द सन्’ पनि छन् । यसपटकको भेनिस लाइनअपमा बढी फिल्महरु महिला केन्द्रित छन् ।

भेनिस रेडकार्पेटमा विश्व स्टारहरु फिल्म प्रचारका लागि मात्र हिंड्दैनन्, बरु उनीहरुले फेसनका स्टाइलिस क्षण सिर्जना गरे । अबको दुई साता फिल्म र फेसनको कारण भेनिस विश्वको आँखामा केन्द्रित हुनेछ ।

भग म्यागजिनले केही तस्वीर भेनिस रेडकार्पेटबाट दर्शकमाझ ल्याएको छ ।

तस्वीरहरु

रेडकार्पेटमा हिलारी क्लिन्टनदेखि फिल्म र फेसन स्टारसम्म (तस्वीरसहित) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्