दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशबीच सहकार्य हुँदै

दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशबीच सहकार्य हुँदै

[ad_1]

दुई चिनियाँ फिल्म नेपालमा सुटिङ हुँदै, ‘भृकुटी’ निर्माणमा दुई देशबीच सहकार्य हुँदै

बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ मा आयोजित समारोह । तस्वीर : सीजीटीएन

काठमाडौं । दुई चिनियाँ फिल्मको छायांकन नेपालमा हुने भएको छ । अर्को एक फिल्मको निर्माण चाहिँ नेपाली र चिनियाँ निर्माताले संयुक्तरुपमा गर्ने भएका छन् ।

बेइजिङ अन्तर्राष्ट्रिय डान्स फिल्म फेस्टिभल २०२२ अन्तर्गत आयोजित समारोहमा यस्तो सहमति भएको हो । नेपालको तर्फबाट समन्वयकर्ता केशवबहादुर कुवँर र बेइजिङ औलिन कल्चर मिडिया कम्पनीका महाप्रबन्धक सियाङ युबीच फिल्म निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जसअनुसार चिनियाँ फिल्म ‘डियर स्ट्रेन्जर’ र ‘लेट्स गो डान्सिङ इन नेपाल’ नामक फिल्म नेपालमै सुटिङ हुने भएको हो । साथै चिनियाँ र नेपाली निर्माताबीचको सहकार्यमा फिल्म ‘भृकुटी’ पनि निर्माण हुने भएको छ । शुक्रबार नै यो फिल्म बनाउनेबारे दुई पक्षबीच लेटर अफ इन्टेन्टमा हस्ताक्षर समेत भएको छ ।

फिल्म ‘भृकुटी’ निर्देशन सुवर्ण थापाले गर्ने भएका छन् । यसको लेखन पनि थापा स्वयम र तेजेन्द्र शेरचनले गर्ने भएका छन् ।

थापा निर्देशित फिल्म ‘राधा’लाई शुक्रबार नै चीनको राजधानी बेइजिङमा समेत प्रदर्शन गरिएको छ । चाइना पर्फमेन्स अफ इन्डष्ट्रिज एसोसियसनको समन्वयमा आयोजित उक्त फेस्टिभलमा फिल्म प्रदर्शन गरिएको हो ।

फिल्म छायांकन र निर्माणसँग सम्बन्धित उक्त भर्चुअल समारोहमा निर्देशक थापा र गायिका आनी छोइङ डोल्माले पनि महोत्सव र चिनियाँ दर्शकप्रति सद्भाव व्यक्त गरे ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्