प्राविधिक शिक्षाका ‘प्रचण्ड’ – Online Khabar

प्राविधिक शिक्षाका ‘प्रचण्ड’ – Online Khabar

[ad_1]

११ भदौं, विराटनगर । नेपाली राजनीतिमा ‘प्रचण्ड’ स्थापित नाम हो । राजनीतिका प्रचण्डजस्तै नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा अर्का प्रचण्डको छुट्टै पहिचान छ । उनी हुन्– डा. प्रचण्डमान प्रधान ।

भूकम्प सम्बन्धी इन्जिनियरिङको कोर्ष नेपाल भित्र्याएका डा. प्रधान त्रिभुवन विश्वविद्यालय (जिवि), काठमाडौँ विश्वविद्यालय (केयु) हुँदै एक वर्षयता मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन छन् ।

दुई दशकभन्दा बढी समयदेखि नेपालमा प्राविधिक जनशक्ति तयार पार्न सक्रिय उनी कडा प्रशासकको रुपमा पनि चिनिन्छिन् ।

उनले गत फागुनबाट मनमोहनको पनि स्नातक तहमा सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको नयाँ कोर्ष सुरु गरेका छन् । ‘काम गर्ने रहर थियो, भाग्यले साथ दियो, काम पनि राम्रै गरियो’, उनी भन्छन् ।

नयाँ कोर्ष डिजाइन गर्दा प्रयोगात्मक पक्षलाई बढी प्राथमिकता दिएको डा. प्रधान बताउँछन् । ‘हामीसँग भएका सामग्री काठमाडौंका कलेजहरुमा छैन,’ उनी भन्छन्, ‘विद्यार्थीलाई मात्र नहेरी आफैं पनि काम गर्ने गरि अगाडि बढेका छौं ।’

केयुअन्तरगतको ख्वपः इन्जिनियरिङ कलेज, भक्तपुरमा सिभिल इन्जिनियरिङको पढाइ सुरु गराउने पनि हुन्, डा. प्रधान । ‘ख्वःपमा पछि आर्किटेक्चर अध्यापन गराउनका लागि पनि मद्दत गरे,’ उनी भन्छन्, ‘हामी बाहिर पढेर आइयो, नेपालमै इन्जिनियरिङ पढाउँन पाउँदा बेग्लै आनन्द आयो ।’

प्राविधिक शिक्षाका ‘प्रचण्ड’ – Online Khabar

सन् २००५ देखि २००८ सम्म ख्वःपमा रहँदा मास्टर्स तहमा भूकम्प इन्जिनियरिङको कोर्ष भित्र्याएको उनले बताए ।

इन्डियन् इस्सीस्टुट अफ टेक्नोलोजी (आईआईटी) मा पढेका डा. प्रधान २००९ को सुरुमा केयु गएर सिभिल इन्जिनियरिङ कोर्षको जग बसाए । केयूमा २०१५ बाट मास्टर्स इन स्टक्चरल इन्जिनिरिङ, २०१७ मा मास्टर्स इन आर्किेटेक्चर र २०१९ मा मास्टर इन  सेनिटरी इन्जिनियरिङ सुरु गराएको बताउँछन् ।

‘जहाँ गए पनि इन्जिनियरिङको नयाँ कोर्ष सुरु गर्ने मेरो बानी नै पर्‍यो’ डा. प्रधान भन्छन्, ‘जहाँ गएपनि सुरु गर्न सक्छु भन्ने आँटले नै मनमोहनमा आएको हुँ ।’

आफ्नै देशमा बसेर इन्जिनियर उत्पादन गर्न पाउँदा आफूलाई ठूलो सन्तोष र गर्व भएको उनले बताए ।

२०२३ सालमा जन्मिएका प्रधानले २०३९ मा सेन्ट जेभियर्स स्कुलबाट एसएलसी पास गरे । त्यसपछि सिभिल इन्जिनियरिङ पढ्न भारतको पंजाब गए । स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर भने नेपालकै पुल्चोक क्याम्पसबाट गरे । उनको पिएचडी केयुको हो । उनी चीन, रोमानिया र भारतका विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसर पनि छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्