विवाहको एक वर्षपछि कार्मले दिए बिहेभोज, बधाई दिन बालेन साहदेखि महजोडीसम्म

विवाहको एक वर्षपछि कार्मले दिए बिहेभोज, बधाई दिन बालेन साहदेखि महजोडीसम्म

[ad_1]

काठमाडौं । अभिनेता कार्मले सेलिब्रिटीका लागि भव्य बिहेभोज दिएका छन् । पाटन दरबार स्क्वायरको न्याखचोकस्थित नखबहिलमा परम्परागत नेवारी भोजको आयोजना गरिएको थियो । जहाँ नेपाली फिल्म, संगीत, मिडिया र उनका साथीहरु सहभागी रहे ।

विवाह भएको एक वर्ष बिते पनि कोरोना महामारीका कारण रोकिएको बिहेभोज शनिबार बेलुका आयोजना भएको थियो । फ्रान्सेली प्रेमिका एनी सोफीसँग कार्मले यसअघि नै बिहे गरिसकेपछि यसको खुलासा भने यसै साता मात्रै भएको हो ।

कार्मको बिहेभोजमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सौगात मल्ल, सृष्टि श्रेष्ठ, इन्दिरा जोशी, दीया मास्के, सुनिल थापा, लुनिभा तुलाधर, ऋचा शर्मा, अशोक शर्मा, आना शर्मा, रेमनदास श्रेष्ठ लगायत सहभागी थिए ।

विवाहको एक वर्षपछि कार्मले दिए बिहेभोज, बधाई दिन बालेन साहदेखि महजोडीसम्म

सहभागीले कार्म र एनीलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्