हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

[ad_1]

हिन्दुराष्ट्रमा जनमत बढाउन भन्दै राप्रपाले थाल्यो चन्दा संकलन

चन्दा संकलन अभियान सुरु गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत

३ भदौ, काठमाडौं । हिन्दुराष्ट्रको पक्षमा जनमत बढाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चन्दा संकलन अभियान सुरु गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखैमा थालिएको यो अभियानलाई राप्रपाले ‘कोष वृद्धि अभियान’ भनेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरे । आर्थिक स्रोत व्यवस्थापनको जिम्मा महामन्त्री डा. धवल शमशेर राणालाई दिइएको छ।

वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन कोष वृद्धि अभियान थालिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो,’ प्रवक्ता श्रेष्ठले भने । नेपाललाई धर्म निरपेक्षता घोषणा गरिएकोमा राप्रपाले त्यसको विरोध गर्दै आएको छ ।

आर्थिक संकलन अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा बैंक खाता समेत खोलेको छ । बैंकको खातामा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्