फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी – Online Khabar

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी – Online Khabar

[ad_1]

१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! भन्दै स्टाटस लेखेका थिए ।

उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोरबाट पनि अभिव्यक्ति दिएका थिए । धरान नै सफल लागेको भन्दै उनले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका थिए ।

फेसबुकमै बालेन र हर्क साम्पाङको जुहारी – Online Khabar

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्