आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोग निषेध

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोग निषेध

[ad_1]

१ भदौ, काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोगमा निषेध गरेको छ ।

वातावरण विभागका अनसार आजबाट यो निर्णयको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन हुने भएको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । यस्तो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।

मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड १९ का कारण सरकारले बीचमा यो निर्णयलाई खुकुलो छाडेको थियो ।

अब यस्तो वस्तुको प्रयोग वा बिक्रि गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने विभागले जनाएको छ । नेपालका वातावरण प्रदूषण, नदी नाला र ढल निकासमा समेत यस्ता प्लाष्टिकको प्रयोगले प्रदुषण बढाएको विभागको भनाइ छ ।

विभागको सूचना आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोग निषेध

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्