भारतबाट थप सस्तिएर आयो इन्धनको मूल्य, नेपालमा भाउ घट्ला ?

भारतबाट थप सस्तिएर आयो इन्धनको मूल्य, नेपालमा भाउ घट्ला ?

[ad_1]

भारतबाट थप सस्तिएर आयो इन्धनको मूल्य, नेपालमा भाउ घट्ला ?

फाइल तस्वीर

३१ साउन, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । जस अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरु बताउँछन् । नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ मात्र घाटा रहने छ ।

इन्धनको मूल्य लगातार वृद्धि भइरहेका बेला पछिल्लो पटक लगातार तेस्रो पटक घटेर इन्धनको मूल्य प्राप्त भएको हो । यसअघि दुई पटक घटेको मूल्यमा उपभोक्ता मूल्य नघटाएको भन्दै निगमको आलोचना भएको थियो । यसपटक मूल्य घटाउने वा नघटाउनेबारे मंगलबार नै पत्रकार सम्मेलन गरेर जानकारी गराउने निगम स्रोतले जानकारी दिएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्