यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

[ad_1]

२७ साउन, काठमाडौं । काठमाडौं उपत्यकासहित नेवार समूदायको बसोबास रहेका ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।

तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन् ।

नील हिरा समाजको आयोजनामा १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।

त्यसैक्रममा यसपालि पनि उनीहरु र उनीहरुको अधिकारको क्षेत्रमा कार्यरत व्यक्तिको सहभागितामा काठमाडौंमा र्‍याली निकालिएको छ ।

ठमेल सञ्चयकोष भवनअघिल्तिरबाट सुरु भएको र्‍याली वसन्तपुर हुँदै टुँडिखेलसम्म आएको थियो । र्‍यालीपछि सांगीतिक कार्यक्रमसमेत गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको गाईजात्रा (फोटो फिचर)

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्