भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

[ad_1]

भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव हुने

फाइल तस्वीर

काठमाडौं । विराटनगरमा भदौको तेस्रो सातादेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुने भएको हो ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा १० नाटक मञ्चन गरिने जनाइएको छ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथा आयोजकको एउटा नाटक मञ्चन गरिने अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

पाठ्यक्रममा समावेश वा शिक्षक/विद्यार्थीले लेखेका एक घण्टा अवधिका नाटक उनीहरुले नै निर्देशन गरेर महोत्सवमा मञ्चन गरिनेछ । जसमा अभिनय गर्ने कलाकार पनि सोही विद्यालयका विद्यार्थी हुनुपर्नेछ । नाटक तयार पार्न सहजीकरण र प्राविधिक सहयोग आरोहण गुरुकुलले गर्ने क्षेत्रीले बताए ।

महोत्सवमा भाग लिन इच्छुक विद्यालयले आगामी भदौ ५ गतेसम्ममा आयोजकसँग सम्पर्क गर्नुपर्नेछ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्