फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन – Online Khabar

फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन – Online Khabar

[ad_1]

काठमाडौं । छायांकार विदुर पाण्डेको हृदयघातले निधन भएको छ । चलचित्र प्राविधिक संघका अनुसार बिहान पौने ६ बजे गंगालाल अस्पतालमा उनको निधन भएको हो । घरमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको पार्थिव शरिरलाई अन्तिम संस्कारका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अन्तिम श्रद्धान्जली दिन अहिले आर्यघाटमा फिल्मकर्मी र आफन्त उपस्थित छन् ।

फिल्म छायांकार विदुर पाण्डेको हृदयघातले निधन – Online Khabar

चर्चित नेपाली फिल्महरु कागबेनी, स्वर र भुइँमान्छेमा छायांकारको रुपमा कार्य गरिसकेका पाण्डेले टेलिभिजनमा समेत काम गरेका छन् । फिल्म कागबेनीलाई पहिलो नेपाली डिजिटल फिल्म समेत मानिन्छ ।

हाम्रो टीम, क्वीज मेनिया, फूलको थुंगा, हिमालय फेसन एड्भेन्चरजस्ता टिभी कार्यक्रम र छोटा फिल्ममा उनले काम गरिसकेका छन् । पाण्डेले सयौं चर्चित म्युजिक भिडियो समेत छायांकन गरेका छन् ।

[ad_2]

Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्