लुम्बिनी प्रदेशका कर्मचारीले पाउने भए पर्यटन बिदा

लुम्बिनी प्रदेशका कर्मचारीले पाउने भए पर्यटन बिदा

[ad_1]

लुम्बिनी प्रदेशका कर्मचारीले पाउने भए पर्यटन बिदा

फाइल तस्वीर

१ असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीलाई दिँदै आएको आन्तरिक पर्यटन काजलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिएको छ ।

प्रदेश सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो व्यवस्था गरेको हो । प्रदेश राजधानीमा निजामती कर्मचारी अस्पताल स्थापना गर्न अध्ययन गर्ने समेत बजेटको घोषणा छ ।

आगामी दशकलाई लुम्बिनी भ्रमण दशकको रुपमा मनाउन संघीय सरकारसँग सहकार्य गर्ने घोषणा प्रदेश सरकारको छ । प्रदेश भित्र बुल राइडिङ, बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाँडा यात्रा, पहाडी घोडा यात्रा जात्रा गर्ने समेत प्रदेश सरकारको भनाइ छ । प्रदेश भित्र सस्पेन्सन ब्रिज पार्कको निर्माणको सुरुवात गर्ने समेत प्रदेश सरकारको घोषणा छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्