सुरक्षा संयमता अपनाएर ‘आदिपुरुष’ प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

सुरक्षा संयमता अपनाएर ‘आदिपुरुष’ प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

[ad_1]

सुरक्षा संयमता अपनाएर ‘आदिपुरुष’ प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

फाइल तस्वीर

काठमाडौं । अन्ततः अन्योल र विवादसँगै नेपाली हलहरुले मध्यान्हदेखि दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन थालेका छन् । सुरक्षा त्रासको कारण देखाउँदै शुक्रबार बिहानको प्रदर्शन रोकेका हलहरुले दिउँसोदेखि प्रदर्शन थालेका हुन् ।

फिल्म प्रदर्शनबारे निर्णय लिन शुक्रबार बिहान बसेको चलचित्र संघको बैठकले संयमित भएर फिल्म चलाउने निष्कर्ष निकालेको छ । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै संघका एक सदस्यले सेन्सर बोर्डले प्रदर्शन अनुमति पनि दिइसकेको स्थितीमा सुरक्षा संयमता अपनाउँदै फिल्म प्रदर्शन गर्ने निर्णय भएको बताए ।

‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद हटाएपछि नेपाली सेन्सर बोर्डले फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । तर, काठमाडौं महानगरका मेयर बालेन शाहले तीन दिनको समय तोक्दै उक्त संवादलाई भारतमा नसच्चाए काठमाडौं महानगर क्षेत्रमा प्रदर्शन अनुमति नदिने बताएका थिए ।

बालेनको यो अभिव्यक्तिले सामाजिक संजालमा तरंग पैदा गरेको थियो । महानगरले आधिकारिक पत्र पनि नपठाएको र मेयरले फेसबुकमा लेख्दैमा आधिकारिक नहुने भन्दै फिल्म प्रदर्शन गर्ने निर्णय संघले गरेको ती सदस्यले बताए । ‘यदि आधिकारिक पत्र आइपुगे सोहीअनुसार अघि बढ्न सकिन्छ’ ती सदस्यले भने, ‘अहिलेलाई देशब्यापी फिल्म रिलिज गर्ने कुरा भएको छ ।’

बालेनले फिल्ममा समावेश उक्त संवादलाई सच्याउन भारतीय निर्मातालाई तीन दिनको समय दिएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्