थारूको इतिहासबारे काठमाडौंमा थारू अगुवासँग छलफल – Online Khabar

थारूको इतिहासबारे काठमाडौंमा थारू अगुवासँग छलफल – Online Khabar

[ad_1]

१ असार, काठमाडौं। तराईका आदिवासी थारू समुदायको इतिहास, पहिचान र रैथाने लोकतान्त्रिक संस्कृतिको अनुसन्धान प्रतिवेदनबारे काठमाडौंमा छलफल सुरू भएको छ।

थारू आयोगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको इतिहास केन्द्रीय विभागले तयार पारेको अनुसन्धान प्रतिवेदनबारे थारू अगुरुहरुको साथमा छलफल बहस थालेको हो ।

कार्यक्रममा थारूको इतिहासको सत्यतथ्य उजार गर्ने र भविष्यमा थारूबारे अब उठ्ने प्रश्‍नहरुको समाधान गर्ने त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्रीनारायण गौतमले बताए ।

उनका अनुसार प्रतिवेदनमा थारूको नामसम्बन्धी पहिचान, मूल सम्बन्धी पहिचान, सामाजिक पहिचान, मधेसीभन्दा फरक पहिचान, समुदाय र थारूकरण, धार्मिक तथा मूलसम्बन्धी पहिचान, लोकतान्त्रिक अभ्यास,  सामाजिक लोकतन्त्र र नेतृत्व, पारिवारिक लोकतान्त्रिक र नेतृत्व र विविकतामा एकताको बारेमा उल्लेख गरिएको छ ।

थारूको इतिहासबारे काठमाडौंमा थारू अगुवासँग छलफल – Online Khabar

उक्त प्रतिवेदन त्रिवि इतिहास केन्द्रीय विभागका प्रा.डा. बद्री नारायण गौतम, डा.अपार कुमार लम्साल र डा. रमेश कुमार श्रेष्ठले तयार पारेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्