अभियुक्तहरूलाई थुनामा पठाउने कि तारेखमा छाड्ने निर्क्योल आज – Online Khabar

अभियुक्तहरूलाई थुनामा पठाउने कि तारेखमा छाड्ने निर्क्योल आज – Online Khabar

[ad_1]

अभियुक्तहरूलाई थुनामा पठाउने कि तारेखमा छाड्ने निर्क्योल आज – Online Khabar

काठमाडौं जिल्ला अदालत

१ असार, काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि तारेखमा छाड्ने भन्ने निर्क्योल आज हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि आदेश गर्नेछन् । न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस यसअघि नै सकिएको छ । त्यसैले आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने छन् ।

त्यसपछि जिल्ला अदालतले १८ जना आरोपितहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारेखमा छाड्नेबारे कुनै एक आदेश गर्नेछ । आरोपितहरुको भूमिका र संलग्नताका आधारमा इजलासले उनीहरुलाई फरक फरक आदेश पनि गर्न सक्छ ।

शुक्रबार हुने आदेश मुद्दाको अन्तिम फैसला भने हुने छैन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्छ ।

थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ । उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुने छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना र फरार रहेका ३० जनालाई संगठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौंमा गत जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्