‘भ्वाइस अफ नेपाल’का रिहान गिरी फिल्म ‘मायावी’मा अनुबन्धित

‘भ्वाइस अफ नेपाल’का रिहान गिरी फिल्म ‘मायावी’मा अनुबन्धित

[ad_1]

‘भ्वाइस अफ नेपाल’का रिहान गिरी फिल्म ‘मायावी’मा अनुबन्धित

फाइल तस्वीर

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनबाट चर्चामा आएका भुटानी गायक रिहान गिरी नेपाली फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । फिल्मको एक शीर्ष भूमिकामा उनी अनुबन्धित भएको निर्देशक दिवाकर भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

‘उहाँ हिरोभन्दा एक महत्वपूर्ण चरित्रमा हुनुहुन्छ,’ निर्देशक भट्टराईले भने, ‘एक महिनादेखि अभिनयको कार्यशालामा सहभागी हुनुहुन्छ ।’ भ्वाइस अफ नेपाल-४ को सेमिफाइनलिस्टको रुपमा कोच राजु लामाको समूहबाट उनले प्रतिस्पर्धा गरेका थिए । उनले त्यतिबेला नै आफू भ्वाइसमा भाग लिन भन्दा पनि फिल्म खेल्न नेपाल आएको बताएका थिए ।

यो रोमान्टिक फिल्मको यतिबेला वर्कसप चलिरहेको छ । शीर्ष भूमिकामा दीपिका प्रसाईं र ‘नाइँ नभन्नु ल ६’ फेम्ड आशिर्वाद बराल फाइनल भइसकेका छन् । यो फिल्मको छायांकन मनसुन सकिएलगत्तै पोखरामा सुरु गर्ने तयारी छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्