प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

[ad_1]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्की ।

३२ जेठ, काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधबार उजुरीकर्तासँगको छलफलपछि आज समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ ।

प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामुप्रधानन्यायाधीश कार्की सिंहदरबारमा जारी समितिको बैठकमा बिहान सवा ८ बजेपछि आइपुगेका हुन् ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।

हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्