[ad_1]
३१ जेठ, काठमाडौं । स्पानिस जायन्ट रियल मड्रिडले जुड बेलिङघमलाई अनुबन्ध गरेको छ ।
रियलले इंग्ल्याण्डका युवा मिडफिल्डर बेलिङघमलाई ६ वर्षको लागि अनुबन्ध गरेको जनाएको हो ।
रियलले १९ वर्षीय बेलिङघमलाई १०३ मिलियन युरोमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।
बेलिङघमले बर्मिङघम सिटीबाट फुटबल करिअर सुरु गरेका थिए । उनलाई रियलले बिहीबार क्लबको खेलाडीको रुपमा प्रस्तुत गर्नेछ ।
युवा मिडफिल्डर म्यानचेस्टर सिटी, लिभरपुलजस्ता क्लबको रोजाइमा परेका थिए । तर उनले आफ्नो आगामी करिअरका लागि स्पेनिस क्लबलाई छानेका छन् ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1









