वडा कार्यालयको जग खन्दा अनामनगरमा तनाव – Online Khabar

वडा कार्यालयको जग खन्दा अनामनगरमा तनाव – Online Khabar

[ad_1]

वडा कार्यालयको जग खन्दा अनामनगरमा तनाव – Online Khabar

काठमाडौं अनामनगरमा वडा कार्यालय निर्माणस्थल । तस्वीर : शंकर गिरी/अनलाइनखबर

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा कार्यालय निर्माणका लागि जग खन्दा अनामनगर क्षेत्रमा तनाव भएको छ । सार्वजनिक जग्गामा वडा कार्यालयको जग खनेको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएपछि तनाव भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक मनोज लामिछानेले वडा कार्यालयको जग हाल्दा स्थानीयले विरोध गरेकाले केहीबेर तनाव भएको बताए । ‘जग खन्न डोजर ल्याएपछि स्थानीयले विरोध गरेका थिए, लामो समयदेखि वडा कार्यालयको लागि उक्त सावजनिक जग्गा प्रयोग गर्ने तयारी गरिएको थियो, सोही अनुसार आज जग खनिएको हो ।’

वडा सदस्य सन्तोष ढुंगेलका अनुसार नगर सभाले पास गरेको स्थानमा वडा कार्यालयको भवन निर्माण गर्दा केही स्थानीय वासिन्दाले विरोध गरेका हुन् ।

‘गोरखा एफएम चोकको ८ नम्बर कित्तामा वडा भवन बनाउने भनेर नगर सभाले पास गरेको थियो । यो ठाउँमा बनाउन हुँदैन भनेर केही स्थानीय आएर विरोध गरेका हुन् तर जग खन्ने काम भइरहेको छ’, ढुंगेलले भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्