[ad_1]
२७ जेठ, काठमाडौं । पछिल्लो केही समययता काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेकाले जनजीवन कष्टकर बनेको छ । घरबाहिर चर्को काममा बसेर काम गर्नुपर्ने र कामविशेषले घरबाहिर हिँडडुल गर्नेहरु मौसम परिवर्तनको असरको चपेटामा परेका छन् ।
चर्को घाम लगेका कारण घाममा हिँड्ने सर्वसाधारयण केहीबेरमै असिन पसिन हुन्छन् । गर्मी बढेका कारण चिसो पेयपदार्थ, लसी, दही, सोडा आदिको बिक्री बढेको छ । काठमाडौंको मुख्य ब्यापारिक क्षेत्रमा कतिपय संघसंस्थाले निशुल्क खानेपानी सेवा दिएका छन् । त्यस्ता ठाउँमा पानी खान पुग्नेहरु बढेका छन
।
गर्मीका कारण उपत्यकाको नदी, पोखरी र तलाउमा पौडी खेलिरहेका बालकालिका पनि धेरै देखिन्छन् । बाँदरहरुले पनि पोखरी र तलाउमा पौडी खेल्ने र ढु्रगेधारामा पानी खाइरहेको देखिन्छ ।
हेर्नुहोस् तस्वीरहरु









[ad_2]
Source link








