तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

[ad_1]

तीन अभिनेत्री पनि माइतीघरमा सहकारी पीडितको धर्नामा

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

काठमाडौं । देशभरका सहकारी पीडित बचतकर्ताले बिहीबार माइतीघरमा दिएको धर्नामा तीन चर्चित फिल्म अभिनेत्री पनि सहभागी भएका छन् । वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल, चैत्यदेवी र अञ्जु कारञ्जितले धर्नामा सहभागी भएर सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने माग गरे ।

माइतीघरबाट नयाँबानेश्वरसम्मको र्‍याली पनि उनीहरुले ब्यानर समाउँदै भाग लिए । भुवन चैत्य बसुन्धरा फाउण्डेसनको खाताबाट सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरेको तीन करोड रुपैयाँ फसेको छ । फाउण्डेसन अक्षयकोषको रकम पनि त्यहाँ बचत गरिएको थियो । उक्त संस्थाबाट वार्षिक डेढ लाख रुपैयाँको पुरस्कार प्रदान गरिंदै आएकोमा उक्त पुरस्कार पनि प्रभावित भएको जनाइएको छ ।

गत चैत १ गते चलचित्र कलाकार संघले पनि विज्ञप्ति जारी गर्दै सहकारी पीडित कलाकारलाई न्याय दिलाइदिन सरकारलाई आग्रह गरेको थियो । यी तीनैजना अभिनेत्रीले उक्त रकम झिक्न पहल गर्न माग गर्दै प्रधानमन्त्री दलका शीर्ष नेतालाई समेत भेटेका छन् ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बिहीबार गरेको धर्ना कार्यक्रममा सहकारीका बचकर्ताको सावाँ तथा ब्याज रकम फिर्ता गर्नुपर्ने, सहकारी सञ्चालकका परिवार र कर्मचारीको सम्पत्ति रोक्का गर्नुपर्ने मागसहित सहकारी पीडितले विरोध तथा धर्ना कार्यक्रम गरेका हुन् ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्