जनआन्दोलनका घाइतेले मुख्यमन्त्री भेट्न पाएनन्, पठाए हुलाकबाट ज्ञापनपत्र

जनआन्दोलनका घाइतेले मुख्यमन्त्री भेट्न पाएनन्, पठाए हुलाकबाट ज्ञापनपत्र

[ad_1]

२४ जेठ, पोखरा । २०६२-६३ को जनआन्दोलनमा ज्यानकै बाजी लगाउने आन्दोलनकारीमध्ये एक थिए, कास्कीकोटका नेत्रपाणि सुवेदी ।

‘बरु ज्यानै जाओस् तर राजा फाल्ने नै हो, गणतन्त्र ल्याउने नै हो भनेर लागेका थियौं । परिवर्तनको पक्षमा मान्छेहरु खाँदा खाँदैको गास छोडेर हिँडे, खेतबारी गोड्न छाडेर निस्केँ, मजदूरी गर्न छोडेर निस्के’ सुवेदीले १८ वर्षअघिका दिन सम्झिए ।

अरुको ट्याक्सी भाडामा चलाउने नेत्रपाणिको जनआन्दोलनका क्रममा प्रहरीको लाठी लागेर ढाड भाँचिएपछि परिवारले पनि दुख खेप्यो भने उनी आफैं उपचार नपाएर अहिले कि उभिइरहनुपर्छ कि सुत्नुपर्छ, बस्न ज्यान खुम्च्याउन मिल्दैन ।

जनताको बोल्न पाउने, खान-बस्न पाउने अधिकारको सुनिश्चित होला भनेर आन्दोलनमा होमिएका नेत्रपाणिले एकातिर स्वरोजगारी गुमाए भने अर्कोतिर उपचारसमेत नपाएर वैशाखीकै भरमा हिँडिरहनुपरेको छ ।

नेत्रपाणिलगायत अनआन्दोलनका घाइते तथा शहीद परिवारले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई १५ जेठअघि नै भेट्न खोजेका थिए । तर समय पाएनन् ।

‘ढाडको हड्डी भाँचिएको छ । गरिखान सक्ने अवस्था भएन । सधैंभरि म वैशाखीको भरमा पुगें । न उपचार पाएँ, नेताहरुको दैलो चाहार्दा पनि कुनै राहत पाइनँ’, नेत्रपाणिले भने, ‘ज्यानको बाजी लगाएर एउटा राजा फालेको, अरु राजा जन्माउन पो रहेछ, आज भेट्न समय माग्दा पनि पाइएन ।’

आफ्नो उपचारका लागि गणतन्त्रपछिका सबै प्रधानमन्त्रीलाई आफूले भेटेको तर सहयोग नपाएको उनको दुखेसो छ । उपचारका लागि जग्गा बेचेर खर्च गरेको तर ढाडको अप्रेसनका लागि डाक्टरले अमेरिका जान भने पनि आफ्नो हैसियत नभएको उनको भनाइ छ ।

जनआन्दोलनका घाइतेले मुख्यमन्त्री भेट्न पाएनन्, पठाए हुलाकबाट ज्ञापनपत्र

‘पेन किलर खाइखाइ आन्दोलनमा होमियो र गणतन्त्र आयो तर यो त नेतातन्त्र पो आएछ, जनताको तन्त्र त होइन रहेछ’, सुवेदीले भने, ‘गणतन्त्र आएपछि मुख्य ३ कुरा पूरा हुन्छ भन्ने सोचेको थियौं, शिक्षा, स्वास्थ्य र रोजगार । तर, यी तिनै कुरा जनताको पहुँचमा आएनन् ।’

जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समितिले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेका मुख्यमन्त्री पाण्डेलाई भेट्न पटक पटक कोशिस गर्दा पनि नसकेपछि हुलाकमार्फत ज्ञापनपत्र पठाएको छ ।

प्रादेशिक हुलाक कार्यालयबाट मुख्यमन्त्री कार्यालय करिब ५ सय मिटर मात्र पर छ । जनआन्दोलनका शहीद तथा घाइते परिवारले मुख्यमन्त्रीलाई भेट्न नपाएपछि निरन्तर औषधोपचार, यातायातमा निशुल्क लगायतका माग राखेर हुलाकमार्फत ज्ञापनपत्र पठाएका छन् ।

गणतन्त्र १६ औं वर्षमा लाग्दा पनि नेत्रपाणिसँगै विजया सुवेदीलगायतले उपचार नपाएको र विष्णु भट्टराईलगायत पोखराका आन्दोलनकारीले शरीरमा गोली लिएर हिँडिरहेको अध्यक्ष शेखर गौतमले बताए ।

‘जेठ १५ अघिदेखि लगातार भेट्न खोज्यौं तर समय नै पाएनौं, कसैगरी नभएपछि हुलाकमार्फत हाम्रा माग पठाएका छौं’, गौतमले भने, ‘कति अंगभंग भएका छन्, कतिका शरीरमा गोली छन् तर राज्यले उपचार खर्चसमेत दिएको छैन । खर्च त परको कुरो, अहिले त भेट्नसमेत पाएनौं।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्