[ad_1]
२३ जेठ, काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले अर्थ मन्त्रालयले बजेट बनाउन नियुक्त गरेको सदस्य रामकृष्ण श्रेष्ठ नियुक्ति गर्दाको प्रतिलिपि कागजात माग गरेको छ ।
मंगलबार मन्त्रालयमा निवेदन पेश गर्दै मञ्चले यस्तो माग गरेको हो । श्रेष्ठको संलग्नतामा बजेटको आर्थिक विधेयकमा करको दर हेरफेर गरेको समाचार सोमबार अनलाइनखबरले प्रकाशित गरेको थियो ।
करको दर हेरफेर गर्न संलग्न रहेको भन्ने आरोप लागेका विवादस्पद श्रेष्ठको नियुक्ति बजेट बनाउने उद्देश्यका लागि गरिएको अर्थमन्त्रीले नै स्वीकार गरेको भन्दै मञ्चले उक्त नियुक्तिको कागजात तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ ।
साथै बजेट निर्माण प्रक्रियामा रहेका उनको कल डिटेल्स, पारिश्रमिक लगायत सबै विवरण उपलब्ध गराइदिन समेत मञ्चले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
हेर्नुहोस् विज्ञप्ति:

[ad_2]
Source link








