नक्कली शरणार्थी प्रकरणका शंकास्पद जोसुकैलाई न्यायको कठघरामा ल्याउ – Online Khabar

नक्कली शरणार्थी प्रकरणका शंकास्पद जोसुकैलाई न्यायको कठघरामा ल्याउ – Online Khabar

[ad_1]

नक्कली शरणार्थी प्रकरणका शंकास्पद जोसुकैलाई न्यायको कठघरामा ल्याउ – Online Khabar

अनुपराज शर्मा ।

१० जेठ, काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई मुद्दा दायर हुन लागेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्वप्रधान्यायधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसीसहितन केदारभक्त माथेमा, भोजराज पोखरेल मोहना अन्सारी र त्रिरत्न मानन्धरले संयुक्त विज्ञप्ति निकालेर प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकैलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् ।

‘यसको अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरु भ्रष्टाचार काण्डमा झै यसमा पनि दण्डहीनता हावी हुने गरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको छ,’ उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यासले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुनु पर्ने उनीहरुले चेतावनी पनि दिएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्