विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

[ad_1]

विमानमा यात्रुले मुसो देखेपछि बुद्ध एयरको जनकपुर-काठमाडौं उडान स्थगित

जनकपुर विमानस्थल ।

६ जेठ, जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ ।

शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको  उडान नम्बर-५०२, ९एन-एजेएल  विमानको उडान स्थगित भएको हो ।

जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।

‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे । हवाई सुरक्षाको दृष्टिकोणले यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ,’ ती कर्मचारीले भने, ‘मुसो त फेला परेको छैन ।’

वुद्ध एयरले एक सूचना जारी गर्दै जनकपुरमा यात्रु लिन अर्को जहाज पठाइएको बताएको छ । ‘आज विहान जनकपुरबाट काठमाडौं उडान संख्या ५०२ र जहाज ९एन–एजेएल मा यात्रुले मुसा देखेको रिपोर्टिङपछि तत्कालै यात्रुलाई लिनका लागि अर्कोजहाज काठमाडौंबाट पठाइएको छ । तयस जहाज लाई हाम्रा टेक्निकल टिमले जाँच गरिरहेका छन्’ वुद्ध एयरले भनेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्