भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई – Online Khabar

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई – Online Khabar

[ad_1]

काठमाडौं । भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमे ।

फिनालेमा सुब्बासहितका आठजनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले  १५ लाख रुपैयाँ नगद प्राप्त गरे । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

भ्वाइस किड्स सिजन-२ को उपाधि स्पन्दन सुब्बालाई – Online Khabar

फिनालेमा सबै आठजना फाइनलिस्टले रमाइलो सांगीतिक प्रस्तुति दिएका थिए । यस संस्करणमा प्रमोद खरेल, सुशान्त केसी, मिलन नेवार र प्रविशा अधिकारी कोचको रुपमा थिए । फिनालेमा सुरजसिंह ठकुरीले हिमालय रोडिजको नयाँ सिजन आउन लागेको जानकारी गराएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्