राष्ट्रपतिको त्यो सवारी, यो सवारी – Online Khabar

राष्ट्रपतिको त्यो सवारी, यो सवारी – Online Khabar

[ad_1]

५ जेठ, काठमाडौं । २८ माघ २०७९ मा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभालाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम थियो । त्यसका लागि शीतलनिवासबाट बानेश्वरसम्म आउने र पुन: शीतलनिवास फर्कने क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक खाली गराएको थियो ।

त्यस क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह कुटपिटमा परे । नागरिकको चर्को विरोधपछि कुटपिटमा संलग्न प्रहरी नै निलम्बनमा परे ।

त्यसो त, राष्ट्रपतिका हरेक सवारीमा सडक खाली गराउने अभ्यासको नतिजाको रूपमा नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था थियो ।

गणतन्त्रको स्थापनापछि पनि राजतन्त्रकालीन अभ्यासलाई निरन्तरता दिएको भन्दै नागरिकले विभिन्न माध्यमबाट चर्को आलोचना गरे । राष्ट्रपति ‘संस्थालाई सम्मानित र मर्यादित’ बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली’ बदल्न व्यापक आवाज उठ्यो ।

तर, नयाँ राष्ट्रपति चयन भएसँगै रामचन्द्र पौडेलले तडकभडकपूर्ण सवारीको परम्परामा बदलाव ल्याएका छन् । पौडेल राष्ट्रपति भएको लामो समय भएको छैन । यसबीचमा भएका सीमित गतिविधिलाई उनले सामान्य बनाउने प्रयास गरेका छन् ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगेका छन् । उनको सवारीमा शीतलनिवासबाट संसद भवनमा सडक खाली गराइएन । सामान्य औपचारिकताका लागि संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शीतलनिवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।

राष्ट्रपतिको त्यो सवारी, यो सवारी – Online Khabar   

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्