१५ जेठपछि महानगरको अधिकांश सेवा काठमाडौं प्लाजाबाट

१५ जेठपछि महानगरको अधिकांश सेवा काठमाडौं प्लाजाबाट

[ad_1]

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १५ जेठपछि आफ्नो अधिकांश सेवाहरु काठमाडौं प्लाजाबाट दिने तयारी गरेको छ ।

सोही तयारी अनुसार महानगरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सार्ने काम भइसकेको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।

३ जेठभित्रमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, ६ जेठभित्रमा सहकारी विभाग र ८ जेठभित्रमा शहरी व्यवस्थापन विभाग काठमाडौं प्लाजामा सारिसक्ने तयारी रहेको उनले बताए ।

काठमाडौं प्लाजाबाट मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय १५ जेठसम्म सरिसक्ने भएकोले जेठ अन्तिमसम्ममा महानगरका अधिकांश विभागहरुले प्लाजाबाटै सेवा सुरु गर्ने अधिकारीले बताए । मुक्तिनाथ विकास बैंकसँगै राज घराना रेष्टुरेन्ट र निरमाया दोहोरी साँझ पनि प्लाजाबाट सर्न बाँकी नै छन् । रेष्टुरेन्ट र दोहोरी साँझ ट्रष्टसँगको भाडा विवादमा शिलबन्दी गरिएको अवस्थामा रहेको महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले बताए ।

१५ जेठपछि महानगरको अधिकांश सेवा काठमाडौं प्लाजाबाट

अधिकारीका अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्ष निर्माण ठेक्का मार्फत हुनेछ । ‘अरु विभाग र कार्यालयहरु अहिले जस्तो अवस्थामा छन्, त्यस्तैमा सञ्चालन हुन्छन् । प्रमुख र उपप्रमुखको कार्यकक्ष भने ठेक्का मार्फत नै बनाउने भएकोले केही समय पछि मात्रै सारिने तयारी छ’ अधिकारीले बताए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्