हराएको ४ दशकपछि ‘सालभञ्जिका टुँडाल’ नेपाललाई हस्तान्तरण

हराएको ४ दशकपछि ‘सालभञ्जिका टुँडाल’ नेपाललाई हस्तान्तरण

[ad_1]

२ जेठ, काठमाडौं । ललितपुरको सुलिमाटोलस्थित रत्नेश्वर मन्दिरबाट सन् १९८० को दशकमा हराएको काठको कलात्मक सालभञ्जिका टुँडाल मंगलबार औपचारिक रुपमा सरकारलाई हस्तान्तरण गरिएको छ ।

पाटन दरबार स्क्वायर भित्र रहेको रत्नेश्वरी मन्दिरको टुँडाल ४ दशक अगाडि चोरी भएको थियो । १३/१४ औं शताब्दीको काठको कलात्मक टुँडाल हराएपछि विभिन्न माध्यम हुँदै अष्ट्रेलिया पुगेको पाइएको पुरातत्व विभागले जनाएको छ । उक्त टुँडाल सन् २००० मा आर्ट ग्यालरी अफ न्यू साउथ वेल्समा भेटिएपछि टुँडालको उत्पत्ति स्थल नेपाल भएको भन्दै पुरातत्व विभागले पुष्टि गरेको थियो ।

नेपाल सरकारले फिर्ता ल्याउन पहल थालेको एक वर्षमा अष्ट्रेलियाको सिड्नीस्थित आर्ट ग्यालरी अफ न्यू साउथ वेल्सले नेपाललाई फिर्ता दिने निर्णय गरेको थियो । उक्त टुडाँल सोमबार आफ्नै खर्चमा आर्ट ग्यालरीले एसियन आर्ट शाखाकी सिनियर क्यूरेटर मेलनी इष्टबर्नलाई जिम्मा लगाएर पठाएको थियो । उक्त टुँडाल अष्ट्रेलियाका सहायक विदेश मन्त्री टिम वाट्सले नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन् ।

हराएको ४ दशकपछि ‘सालभञ्जिका टुँडाल’ नेपाललाई हस्तान्तरणपुरातत्व विभागका अनुसार सन् १९५० पूर्व नेपालबाट के कति सांस्कृतिक सम्पदाहरु बाहिरिएको भन्ने रेकर्ड नै छैन । विभागले विश्वका विभिन्न प्रख्यात संग्रहालयहरुमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिहरुले नेपालबाट हजारौंका संख्यामा महत्वपूर्ण कलाकृतिहरु बाहिरिएको कुरा देखिने जनाएको छ । विभागका अनुसार सन् २००० देखि सांस्कृतिक सम्पदाहरुको चोरी र निकासी क्रमशः कम हुँदै गएको देखिएको छ ।

विभागले दिएको जानकारी अनुसार हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी र इटली जम्मा ९५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाह प्रयासबाट फिर्ता भइसकेका छन् भने अमेरिका, फ्रान्स, बेलायत, अष्ट्रेलिया जस्ता देशहरुबाट थप केही कलावस्तुहरु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्