कथित उपल्लो जातका व्यक्तिसँगै बसेर भोज खाएको निहुँमा कुटिए किशोर

कथित उपल्लो जातका व्यक्तिसँगै बसेर भोज खाएको निहुँमा कुटिए किशोर

[ad_1]

कथित उपल्लो जातका व्यक्तिसँगै बसेर भोज खाएको निहुँमा कुटिए किशोर

पीडित अविनाश पासवान (दायाँबाट पहिलो) र उनको परिवार ।

३१ वैशाख, जनकपुरधाम । महोत्तरीमा कथित उपल्लो जातसँग भोज खाएको निहुमा एक दलित समुदायका किशोर कुटिएका छन् ।

गौशाला नगरपालिका-१ का १७ वर्षीय किशोर अविनाश पासवानमाथि कुटपिट भएको हो ।

गत वैशाख २६ गते स्थानीय सुरत यादवको आमाको शुद्धी भोजमा अविनाशलाई रामविनेक यादवले कुटपिट गरेका हुन् ।

टेन्टको काम गर्दै आएका अविनाश स्थानीयसँगै भोज खान बसेका थिए । ‘तल्लो जात भएर किन  उपल्लो जातसित बसेर भोज खाएको’ भन्दै स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेको पीडितले बताएका छन् ।

घटनापश्चात कुटपिट गर्ने रामविनेकलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत शनिबार जातीय छुवाछूत, भेदभाव र हिंसा तथा कुटपिटविरुद्धको जाहेरी इलाका प्रहरी कार्यालय गौशालामा दिएका छन् ।

कुटपिट गर्ने रामविनेकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

घटना पश्चात विभिन्न संघसंस्थाले जातीय विभेद गरी कुटपिटमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्