परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

[ad_1]

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आमआदमी पार्टीका सांसद राघव चड्डाबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदैछ । इन्डिया गेट नजिकको कपुरथला हाउसमा बेलुका ६ बजे समारोह हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

शिख परम्पराअनुसार इन्गेजमेन्ट हुन लागेको हो । केही दिनदेखि नै यसका लागि भव्य तयारी भैरहेको थियो । बहिनी परिणितीको टीकाटालो समारोहमा सहभागि हुन प्रियंका चोपडा शुक्रबार बेलुका नै दिल्ली पुगेकी छन् ।

परिणती र राघवबीच आज दिल्लीमा इन्गेजमेन्ट हुँदै, प्रियंका चोपडा पनि पुगिन्

समारोहमा डेढसय पाहुनालाई निम्तो गरिएको छ । अभिनेत्री प्रियंका चोपडासहित दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री भागवत मन समारोहमा उपस्थित हुने जनाइएको छ ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाउनेछन् भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिने छन् । यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी दुईबीचको अफेयर हल्लाको चलिरहेको थियो भने आइपीएल लगायतका समारोहमा उनीहरु एकसाथ देखिएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्