[ad_1]
३० वैशाख, काठमाडौं । काठमाडौं उपत्यका सांस्कृतिक रुपमा विश्वमै परिचत सहर हो ।
उपत्यकामा ऐतिहासिक कलाकृति, मठमन्दिर, गुम्बा, विहार सत्तल, ढुंगेधाराहरू रहेका छन् ।
राणाकालीन रुपमा बनेका राजकुलोहरुले काठमाडौंको ढुंगेधाराहरुमा पानी आउने गरेको थियो तर पछिल्लो समय ढुंगेधाराहरू सुक्दै गउका छन् ।
कठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का अनुसार काठमाडौं उपत्यकाभित्रका महानगरसहित १० वटै नगरपालिकाभित्र रहेका कुल ५७३ ढुंगेधारा रहेको छ ।
बोर्डले गरेको अध्ययन अनुसार ४७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको छ ।
उपत्यकामा बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरणले भएका ढुंगेधाराहरु पनि सुक्दै गएका छन् ।
उपत्यकाका स्थानीय तहहरुले आफ्ना बजेट, नीति कार्यक्रममार्फत ढुंगेधाराहरुको संरक्षण गर्ने बताए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।



















[ad_2]
Source link








