टोपबहादुर रायमाझी खोइ ? (तस्वीरहरू) – Online Khabar

टोपबहादुर रायमाझी खोइ ? (तस्वीरहरू) – Online Khabar

[ad_1]

२९ वैशाख, काठमाडौं ।  नेकपा माओवादीनिकट जनवर्गीय संगठनहरुले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्नलाई कारबाहीको माग गरेर प्रदर्शन गरेका छन् ।

उनीहरूले शुक्रबार माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

ऐक्यवद्धता तथा खबरदारी नाम दिएको प्रदर्शनमा सहभागीहरुले शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोइ भन्ने प्लेकार्ड पनि बोकेका थिए ।

पक्राउ पुर्जी जारी भएका रायमाझी अहिल सम्पर्क विहीन छन् । प्रहरीले खोजी गरिरहेको बताए पनि उनलाई पक्रन सकेको छैन ।

वाईसीएलको इन्चार्ज समेत रहेका माओवादीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले राम्रो काम गरिरहेकाले त्यसमा समर्थन र ऐक्यवद्धता जनाउन तथा भ्रष्टाचारीलाई कारबाही गर्न कुनै दवावमा सरकार नझुकोस् भनेर खबरदारी गर्नका निम्ति प्रदर्शन गरेको बताए ।

प्रदर्शनका तस्वीरहरू हेर्नुहोस् :

टोपबहादुर रायमाझी खोइ ? (तस्वीरहरू) – Online Khabar    

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्