विपश्यनाको ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

विपश्यनाको ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

[ad_1]

विपश्यनाको ध्यान-साधना बीचमै छाडेर भारत फर्किए आमिर खान

फाइल तस्वीर

काठमाडौं । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

आमिरले सोमबारदेखि विपश्यनामा साधना गरे । शुक्रबार बिहान साढे ८ बजे उनले ध्यान केन्द्र छाडेर निस्किएको उक्त केन्द्रका एक कर्मचारीले बताए ।

‘उहाँ साढे ८ बजे नै यहाँबाट निस्कनुभएको हो । यति चाँडै किन निस्कनुभयो, त्यो कारण थाहा भएन,’ उनले भने । विपश्यनाको नियमानुसार १० दिन नियम पालनासहित ध्यान गर्नुपर्छ । आमिरले पनि सोही अवधिसम्म ध्यान गर्ने बताइएको थियो ।

आइतबार नेपाल आउँदा उनलाई व्यवसायी रुपज्योतिलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्