वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव

[ad_1]

वैदेशिक रोजगारीमा श्रमिक मागसम्बन्धी सूचना पत्रिकामा छाप्नु नपर्ने व्यवस्था प्रस्ताव

फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । सरकारले वैदेशिक रोजगारका कामदार भर्तिका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार छनोटका लागि कम्तीमा ७ दिनको समय दिएर आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्न सकिने उल्लेख छ ।

सोही दिन विज्ञापन प्रकाशित भएको जानकारी भने वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । हाल राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गर्नुपर्ने र कम्पनीको आफ्नो सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाले श्रमिकहरु कामदार मागबारेका सूचना लिन प्रत्यक कम्पनीको बेबसाइटमा पुग्नुपर्ने बाध्यता सिर्जना हुने देखिन्छ ।

कम्पनीको वेबसाइटपोर्टलहरु खोज्न नसक्ने श्रमिकहरु सूचनाबाट नै वञ्चित हुने गरी सरकारले पत्रकिामा सूचना प्रकाशित गर्नुनपर्ने गरी नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्