आर्मीमाथि एपीएफको उत्कृष्ट जित – Online Khabar

आर्मीमाथि एपीएफको उत्कृष्ट जित – Online Khabar

[ad_1]

२७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको विभागीय डर्बीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० ले हरायो ।

४१ औं मिनेटमा एपीएफका अर्मान्ड बेडोमले टिमका लागि पहिलो गोल गरे । उनले लङबलमा गोल गरेका हुन् । आर्मीका डिफेन्डर दिपक गुरुङले उक्त बल रोक्न खोजे पनि सकेनन् ।

५६ औं मिनेटमा हरी कार्कीको क्रसमा आभास लामिछानेले गोल लाइन नजिकैबाट उत्कृष्ट प्रहार गरे ।

तेस्रो गोल भने कप्तान नविन लामाले खेलको ६२ औं मिनेटमा गरेका थिए । अर्मान्ड बेडोमले दिएको बललाई उत्कृष्ट फुटवर्कमार्फत फिनिस गर्दै उनले एपीएफलाई ३–० ले जिताए ।

पहिलो हाफदेखि नै फितलो देखिएको आर्मी डिफेन्सकै कारण एपीएफसँग पछि रह्यो । यो हारसँगै आर्मी १६ खेलमा ५ जित ६ हार र ५ बराबरीसहित २१ अंक बटुलेर तालिकाको सातौं स्थानमा झरेको छ ।

आर्मीलाई पछि पार्दै एपीएफ २२ अंकसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

आर्मीमाथि एपीएफको उत्कृष्ट जित – Online Khabar

   

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्