यस्तो छ काभा भलिबल च्यालेन्ज कपको ट्रफी – Online Khabar

यस्तो छ काभा भलिबल च्यालेन्ज कपको ट्रफी – Online Khabar

[ad_1]

२५ वैशाख, काठमाडौैं । जेठ ८ देखि १४ सम्म नेपालमा आयोजना हुने काभा वुमन्स भलिबल च्यालेन्ज कपको ट्रफी सोमबार सार्वजनिक गरिएको छ ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले काठमाडौंमा आयोजित कार्यक्रमका बीच ट्रफी अनावरण गरेका हुन् ।

भलिबल संघका अनुसार नेपालको राष्ट्रिय खेलको पहिचान झल्किने गरी ट्रफी निर्माण गरिएको छ ।

८ टोली सम्मिलित आसन्न प्रतियोगिताको विजेताले यो ट्रफी पाउनेछ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा आयोजक नेपालसहित भारत, बंगलादेश र किर्तिस्तान छन् भने समूह बीमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकस्तान छन् ।

८ जेठ भलिबल दिवस समेत हो । २०७४ जेठ ८ मा सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालले सोही दिन किर्गिस्तानसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल टिम तीन महिनादेखि प्रतियोगितालक्षित प्रशिक्षणमा छ ।

यस्तो छ काभा भलिबल च्यालेन्ज कपको ट्रफी – Online Khabar

सन् २०१९ र २०२१ गरी दुईपल्ट सेन्ट्रल एसियन सिनियर वुमेन्स भलिबल प्रतियोगिताको उपाधि जितेको नेपाल परिस्कृत रुपमा आयोजित यो प्रतियोगितामा लगातार अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

अघिल्ला दुई संस्करण उपाधि जिताएका प्रशिक्षक जगदीश भट्टसहित बेल्जियमका प्रशिक्षक जान डी ब्रान्टले नेपाल टिमलाई प्रशिक्षण दिइरहेका छन् । यसपल्ट प्रतियोगितामा काजाकस्तान र भारतजस्ता बलिया टोली सहभागिता छ ।

काजाकस्तान एसियाकै शीर्ष टिममध्येको एक हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्