रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल (तस्वीरहरू)

रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल (तस्वीरहरू)

[ad_1]

२४ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आइतबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।

ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्‍याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्माणमा संलग्न  ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।

लगनखेलमा  रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।

रथबाट खसालिएको नरिवल शुभहुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।

रातो मच्छिन्द्रनाथको रथको टुप्पोबाट खसालियो नरिवल (तस्वीरहरू)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्