संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

[ad_1]

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

सरकारले बनाएको वार्ता टोलीका संयोजक पूर्णबहादुर खड्का ।

२१ वैशाख, काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा सहजीकरण समिति बनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा अर्थमन्त्री प्रकाशरण महत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुनमन्त्री धनराज गुरुङ सदस्य छन् । यस्तै मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला सचिव कृष्णहरि पुष्कर, रक्षासचिव किरण अधिकारी र कानुन सचिव धनराज ज्ञवाली समिति सदस्य छन् ।

समितिका संयोजक खड्काले बिहीबार नै कर्मचारी संगठनका नेताहरुसँग कुराकानी गर्ने तयारी गरेका छन् । यसअघि कर्मचारी संगठनका नेताहरुले बिहीबार नै विज्ञप्ति जारी गरी पूर्वघोषित आन्दोलन स्थगित गरेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्