सुन्दर यातायातका अध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार

सुन्दर यातायातका अध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार

[ad_1]

सुन्दर यातायातका अध्यक्षले गरे पत्रकारमाथि दुर्व्यवहार

भेषबहादुर थापा/फाइल तस्वीर

२१ वैशाख, काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापामाथि रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । टेकपाना मिडिया प्रालिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै पत्रकारद्वय हरिजंग थापा र गणेश सुवेदीमाथि दुर्व्यवहार भएको भन्दै उक्त घटनाको निन्दा गरेको छ ।

सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको भनिएको विद्युतीय बाइकको रिपोर्टिङका लागि बुधबार टेकपानाका थापा र सुवेदी कम्पनीको वर्कशप पुगेका थिए । त्यसैक्रममा कम्पनीका अध्यक्ष थापाले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको टेकपानाले जनाएको छ ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै टेकपानाले आफ्नो पेशागत जिम्मेवारी र दायित्वअन्तर्गत रिपोर्टिङका लागि खटिएका आफ्ना सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको घटनाप्रति खेद व्यक्त गरेको छ ।

कम्पनीका अध्यक्ष थापाले नै आफ्नो कम्पनीले विकास गरिरहेको विद्युतीय मोटरसाइकलको विषयमा जानकारी दिएर रिपोर्टिङका लागि अनुरोध गरेका थिए ।

सुन्दर यातायातका कर्मचारीसँगको समन्वयमै टेकपाना प्रतिनिधिले कम्पनीले विकास गरिरहेको विद्युतीय बाइकको विषयमा बुधबार रिपोर्टिङ गर्दा ब्याट्रीको फोटो खिचेको भन्दै उनले अमर्यादित शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्