न्याय प्रणाली छिटो छरितो बनाउँछु – Online Khabar

न्याय प्रणाली छिटो छरितो बनाउँछु – Online Khabar

[ad_1]

न्याय प्रणाली छिटो छरितो बनाउँछु – Online Khabar

कानुन मन्त्रालयमा पदभार ग्रहण गर्दै धनराज गुरुङ । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२१ वैशाख, काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै पत्रकारसित कुरा गर्दै उनले भने, ‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको पनि बताए ।

मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए । हिजो बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्