सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

[ad_1]

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाए, ९ जनाको मृत्यु

प्रहरी नियन्त्रणमा रहेका गोली चलाउने बालक ।

२१ वैशाख, काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एकजना सुरक्षा गार्डको मृत्यु भएको बीबीसीले जनाएको छ । ६ जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन् ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् ।

गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेको प्रहरीले जनाएको छ । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क-कसलाई मार्ने भनेर सूची तयार पारेको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले उनका बुवालाई पनि पक्राउ गरेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्