राष्ट्रपति पौडेल आजै राति स्वदेश फर्किने – Online Khabar

राष्ट्रपति पौडेल आजै राति स्वदेश फर्किने – Online Khabar

[ad_1]

१७ वैशाख, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आज स्वदेश फर्किने भएका छन् ।

राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयको प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’…. उहाँको विभिन्‍नि विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।’

वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारको लागि भर्ना भएका थिए । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली संलग्न थिए ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति : राष्ट्रपति पौडेल आजै राति स्वदेश फर्किने – Online Khabar

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्