टीयू मैदानमा क्रिकेट प्रेमीहरू (तस्वीरसहित) – Online Khabar

टीयू मैदानमा क्रिकेट प्रेमीहरू (तस्वीरसहित) – Online Khabar

[ad_1]

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज दुईवटै सेमिफाइनल खेल भइरहेका छन् ।

पहिलो सेमिफाइनल खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र कुवेतबीच भएको छ । टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ ।

क्रिकेटप्रति टीयू मैदानमा दर्शकको क्रेज देखिएको छ । खेल चलिरहेका बेला वर्षा भए पनि दर्शकहरू बाहिरिएका छैनन् । मैदानमा दर्शकको भीड छ ।

नेपालले २३.२ ओभर खेल्दा वर्षाका कारण खेल रोकिएको छ । नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ । अहिले वर्षा रोकिएको छ । पुन: खेल सुरु गर्ने तयारी भइरहेको छ ।

अर्को सेमिफाइनल खेल मुलपानीको मैदानमा यूएई र ओमानबीच भइरहेको छ ।

फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

टीयू मैदानमा क्रिकेट प्रेमीहरू (तस्वीरसहित) – Online Khabar  

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्