काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

[ad_1]

१३ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।

हेर्नुहोस् महानगरको सूचना :

काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्