मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए – Online Khabar

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए – Online Khabar

[ad_1]

१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मध्यम शुरुवात भएको खेलको दोस्रो हाफमा भने दुवै टोलीले प्रतिष्पर्धात्मक खेल देखाएका थिए । तर दुवै टोलीले केही सुन्दर मौका बनाए पनि सफल हुन भने सकेनन् ।

खेलको सुरुमै अफिज ओलावालेको पासमा मछिन्द्रका चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

६८ औं मिनेटमा थ्रीस्टारले बललाई जाली चुमाए पनि त्यो अफसाइड हुँदा थ्री स्टार निराश भएको थियो ।

त्यससपछि लगत्तै मछिन्द्रका ओलावाले अफीजको प्रहार थ्री स्टारका गोलकिपरले बचाएका थिए ।

८४ औं मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्रीस्टारका गोलकिपर पञ्च गर्दै फर्काए ।

खेलको इन्जुरी समयमा मछिन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरेपनि गोल भने गर्न सकेन ।

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिए – Online Khabar

शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का लागेको छ भने मछिन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ ।

योसँगै १२ औं चरणको खेलपछि थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मछिन्द्र समान १२ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ ।

लिगमा बिहीवारबाट १३ औं चरणका खेल सुरु हुने छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्