भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको रास्वपाको स्वीकारोक्ति

भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको रास्वपाको स्वीकारोक्ति

[ad_1]

१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार विहान मतदानको समयमा भरतपुर महानगरपालिका- ११ भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ ।

आइतबार विहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले उनको पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो ।

आइतबार दिउँसो भएको सर्वलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो ।

सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘‍…राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णय अनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुन: सञ्चालन भएको हो ।

हेर्नुहोस् सर्वदलीय बैठकको निर्णय

भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको रास्वपाको स्वीकारोक्ति

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्