पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइँदै, सुरक्षा सतर्कता बढाइयो

पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइँदै, सुरक्षा सतर्कता बढाइयो

[ad_1]

९ वैशाख, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बुको शव शानिबार विराटनगर ल्याइँदैछ ।

परिवारजनको सहमतिमा आन्दोलनरत पक्षले उनको शव शनिबार अन्तिम श्रद्धाञ्जलीका लागि विराटनगर ल्याउन लागेको हो । लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याउने भएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ । श्रद्धाञ्जलीका क्रममा ठूलो संख्यामा मानिसहरु भेला हुने अनुमान प्रहरीले गरेको छ ।

शनिबार दिउँसो प्रहरीले कोशीका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटो हिँड्नसमेत सर्वसाधारणलाई रोक लगाएको छ ।

५ चैतमा आन्दोलनका क्रममा घाइते भएका लिम्बुको १० चैतमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सरकारले उनलाई शहीद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।

पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि विराटनगर ल्याइँदै, सुरक्षा सतर्कता बढाइयो

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्